घर छाेडी जान्छु प्यारी, नराेएर बस…

🍇कविता।🍇

गयो दशै तिहार पनि, सबैलाई खुसी पारी

रमाएर अा’थ्याे गयाे, बाेकाएर ऋण् काे भारी ।।

ठूला नदी तलाउमा, पूजा गर्छौ सबै अाई।

छटी माता बर्दान दिन्छीन् भक्त हरु सबै लाई।।

छैट पुजा पछी जान्छन् ,हाम्रा सबै चाड जती ।

चाड बिदा गरी किषान् ,खेती तिर लाग्छन कत्ति।।

असारमा रोपेको धान्, मङसीरमा पाक्दै छन्

थन्क्याउन अन्न अब, किषान खेत लाग्दै छन्

काेही लागे बिदेश तीर, घर छोडे गए बरा

बिदा पाए आगौं आम्ला, घर कुरी बस तारा ।।

बाबा आमा सँगै बस्नु,गाउँ बेंशी घर बारी।

साना साना नानी बाबू ,सियारेर बस प्यारी।।

घरकी लक्ष्मी घरै बस, सबैलाई खुशी पारी।

दुख कष्ट गर्नु पर्ला , बिदेश मा गई प्यारी ।।

फर्की आउछु अाफ्नै घर, आउने दशै तिहारमा

साउको ऋण तिर्नु पर्छ, ब्याज पुग्ला टाकुरामा ।।

कमाउला धन उमेर, छउँन्जेल बिदेश गै।

दुबै जाना बसी खाने, हामी हाम्रै बुढेस्काल्मै।।

छोरा छोरी पढाउनुछ, तिन्ले चाए पढे जति।

घर छाेडी जान्छु प्यारी, नराेएर बस कत्ति।।

शारदा कार्की

बिराटनगर नेपाल।।

Loading...
प्रकाशित मिति १६ कार्तिक २०७६, शनिबार १६:४६