र्‍यापर अलिमको प्रेममा रमाउँदै अदिती बुढाथोकी ( तस्बिर सहित )

काठमाडौं १७ कार्तिक / सामाजिक सञ्जालमा बोल्ड तस्बिर सार्वजनिक गरेर चर्चा कमाएकी नायिका अदिती बुढाथोकीले पहिलोपटक आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।

अनमोल केसी स्टारर चलचित्र “कृ” बाट नेपाली रजटपटमा डेब्यु गरेकी अदिती लामो समय देखि मुम्बई बस्दै आइरहेकी छिन्, उनको हिन्दी चलचित्रमा काम गर्ने हल्ला चलेपनि अहिलेसम्म उनले कुनै पनि चलचित्र साइन गरेको छैन ।

फुर्सदमा रहेकी अदितीले प्रेमी सँग घुमघाम गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनी हालै भारतिय र्‍यापर अलिम मोरानीको प्रेममा रहेको बुझ्न सकिन्छ ।

चलचित्र “कृ” पश्चात् खालि बसेकी अदितीलाई फिल्ममा अफर नआएर नगरेको हो अथवा नआएकै हो यो भने खुलाएकी छिन् । हिन्दी चलचित्र डेव्यु गर्ने होडमा रहेकी अदिती के अब नेपाली चलचित्रमा फर्केलान ? त्यो भने हेर्न बाकी छ ।

प्रेमी सँग रमाउँदै अदिती बुढाथोकी

Loading...
प्रकाशित मिति १७ कार्तिक २०७६, आईतवार ०५:४४