बलिउड अभिनेता गोविन्दा नेपाल आउदै

काठमाडौं – बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । उनी वीरगन्जमा हुने नेपाली चलचित्र स्वर्णिम महत्सोव २०७६ सहभागी हुन आउनेछन् । महत्सोवमा बलिउडको तर्फबाट दगोविन्दासहित अन्य कलाकार पनि आउने जनाइएको छ । अहिले नेपाली चलचित्र स्वर्णिम महत्सोव २०७६ को सम्पुर्ण तयारी पुरा भइसकेको छ ।

उक्त महोत्सब नेपाली चलचित्र निर्माणको ५०औं वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । नेपाली चलचित्र स्वर्णिम महत्सोव २०७६ कात्तिक २१ देखि २३ गतेसम्म वीरगन्जको आदर्शनगर रंगशालामा हुनेछ । उक्त महोत्सब उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउने आयोजकले बताएको छ ।

Loading...
प्रकाशित मिति १८ कार्तिक २०७६, सोमबार १५:५५