पूर्व मिस नेपाल मलिनालाई प्रेमीको चुम्बन

समय र समाजको परिवर्तन सँगै सेलिब्रिटीहरु पनि आफ्नो प्रेम सम्बन्धमा खुलेरै रमाउन थालेका छन् । सामाजिक सन्जालमा आफ्नो प्रेमी प्रतीको प्रेम खुलेर नै ब्यक्त गरेको देखिन्छ । सामाजिक सन्जाल इन्स्टाग्राममा नै देखिएको छ पुर्व मिस नेपाल मलिना जोशीको आफ्नो प्रेमी सँगको प्रेमिल तस्विर ।

मलिनाले आफ्नो इन्स्टाग्राममा आफ्नो प्रेमी सुशान्त प्रधानले गालामा चुम्बन गरेको प्रेमिल तस्विर साझेदार गर्दै उनी प्रतीको आफ्नो प्रेम शब्दमा राखिन । उनले लेखेकी छिन् ‘मलाई थाहा छ म तिमीलाई पहिला पनि उस्तै माया गर्थे तर तिमीलाई कहिल्यै थाहा हुन दिईन किनकी तिमीलाई गुमाउने पो हो कि भन्ने डर म मा थियो’ । मलिनाको यि शब्द र उनले साझेदार गरेको तस्विरले दुई बिचको गहिरो प्रेम देखाएको छ ।

मलिना केही समय देखी फिटनेस गुरु सुशान्त प्रधानको प्रेममा छिन् । उनीहरु आफ्नो सम्बन्धमा खुशी र उत्साहित रहेको उनिहरुका इन्स्टा गतिविधिले जनाउँछ ।

Loading...
प्रकाशित मिति १८ कार्तिक २०७६, सोमबार १६:५३