मुसहर समुदायका बाल बालिकासँग रमाए धुर्मुस-सुन्तली

काठमाडौं- सामाजिक अभियन्ता तथा सरसफाई दूत सिताराम कट्टेल (धुर्मुस) तथा पत्नी कुन्जना घिमिरे (सुन्तली) बर्दिवासस्थित मुसहर बस्तीमा पुगेका छन् । सरसफाई कार्यक्रमका क्रममा उनीहरु आफैले निर्माण गरेको एकीकृत नमुना मुस हर वस्तीमा पुगेका हुन् । त्यहाँ उनीहरु मुसहर समुदायका बाल बालिकासँग रमाए ।

मङ्गलबार दिउँसो बर्दिवासमा सरसफाइ कार्य क्रममा सहभागी हुन पुगेको समयमा उनीहरुले एकीकृत नमुना मुसहर वस्तीका बालबालिकासँग रमाइलो गरेका हुन् । गोरखा भू’कम्प पश्चात उनीहरुले एकीकृत नमुना वस्तीका रुपमा पहिलो पटक काभ्रेको पहरी वस्ती निर्माण गरेका थिए भने दोस्रो एकीकृत नमुना वस्तीका रुपमा सिन्धुपाल्चोकको गिरनचाैरमा वस्ती निर्माण गरेका थिए ।

हाल उनीहरुले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । मुसहर मधेसको गाउँवस्तीहरूमा छुट्टै पहिचानका साथ बसोबास गरिरहेका छन् । मुसाको दुलो खनेर धान निकाल्ने र मुसालाई नै आहार बनाउने भएकाले उनीहरुलाई मुसहर भन्ने गरि एको बताइन्छ । कसैले वास्ता नगरेको पि’छडिएको यो समुदायको जीवन स्तरमा सुधार ल्याउनका लागि धुर्मुस सुन्तलीले सह्रानीय काम गरेर समाजलाई दृष्टान्त दिएका छन् ।

Loading...
प्रकाशित मिति २० कार्तिक २०७६, बुधबार १७:००