ललितपुरमा बन्ने भयो केबलकार :२ घण्टाको बाटो अब ५ मिनेटमै पुगिने 

काठमाडौँ। ललितपुरमा केबलकार बन्ने भएको छ। ललितपुरको छपेलीदेखि माझखण्डसम्म २ दशमलव ८ किलोमिटर क्षेत्रमा केबुलकार बन्ने भएको हो।डेस्टिनेशन माझखण्ड प्रालिले निर्माण गर्ने उक्त परियोजना ८४ करोडको लागतमा बन्न लागेको हो। अर्को सालको दशैं, अर्थात् २०७७को दशैं सम्ममा संचलानमा आउने गरी उक्त परियोजना निर्माण शुरु गर्ने तयारी भैरहेको छ। ललितपुर जिल्ला बाग्मती गाउँपालिकाको ३ नम्बर वडाको छपेलीदेखि ५ नम्बर वडाको माझखण्डसम्म सञ्चालन हुने गरी केबलकार निर्माण गर्न लागिएको हो।

हाल छपेलीदेखि माझखण्ड पुग्न गाडीमा २ घण्टा लाग्ने गर्दछ तर केबलकार निर्माणभए पछि उक्त बाटो मात्र ५ मिनेटमा पुग्न सकिनेछ। साथै यस केबलकारमा सीट क्षमता २५ रहने जानकारी गरिएको छ र एक डब्बाले २ हजार किलोसम्म बोक्न सक्ने छ । यसैगरि चड्ने र ओर्लने ठाउँमा मात्रै पोल हुने यस परियोजनामा कम्पनीले केबलकार सहित ४० करोडको लागतमा तीनतारे होटल र ७ करोडको लगानीमा फनपार्क र रेस्टुराँ समेत सञ्चालनमा ल्याउने जनाएको छ । त्यसैगरी केबलकार परियोजना स्थलमा पार्किङसहित तल्लो स्टेशनका लागि १० रोपनी, माथिल्लो स्टेशनका लागि ५ रोपनी, तीनतारे होटलका लागि २० रोपनी तथा रेस्टुराँ र फनपार्कका लागि १० रोपनी गरी ४५ रोपनी जग्गा कम्पनीले खरिद गरिसकेको छ।

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार ०५:२२