काठमाडौं २७ असार / नायिका मिरुना मगर नेपाली चलचित्र क्षेत्रमा धेरै सुनिने नाम हो । चलचित्र रोजीबाट धेरैको मनमा बस्न सफल भएपनि उनले अभिनय गरेका चलचित्रले अहिलेसम्म बक्स अफिसमा त्यती राम्रो व्यापार गर्न भने सकेनन् ।
तरपनि उनको अभिनय कला र सुन्दरताको कारण एकपछि अर्को गर्दै चलचित्र पाइरहेकी छिन् । छोटो समयमै चर्चामा आएकी मिरुना अहिले दुई चलचित्र रिलिजको पर्खाइमा छिन् । एक ‘साईनो’ र अर्को ‘चचहुइ’ ।
यी चलचित्रबाट उनले बक्स अफिसमा राम्रो छाप छोड्ने अपेक्षा गरेकी छिन् भने उनि सामाजिक सञ्जालमा निकै सुन्दर तस्विरहरू शेयर गरियरहन्छिन ।
हेराै तस्बिर