११ रुपैयाँमा फिल्म खेल्ने नायिका

काठमाडौँ, कात्तिक २६ । भारतीय चर्चित नायिका हुन् सोनम कपुर । आफ्ना प्रेमी आनन्द आहूजासँगको प्रेमलाई साकार तुल्याउँदै आनन्दसँग विवाह गरेकी सोनम सफल नायिका मानिन्छिन् । चर्चित नायक अनिल कपुरकी एक मात्र सुपुत्री सोनमले आनन्दसँग तीन वर्ष लामो प्रेम सम्बनधलाई विबाहमा परिणत गरेर अहिले खुशीका साथ जीवन बिताइरहेकी छिन् ।

दिल्लीका व्यापारी एवं फेसन इन्टरप्रेनर आनन्दसँगको प्रेमलाई सोनमका बुबा एवं अभिनेता अनिल कपुरले स्विकारेपछि यी दुईको विबाह सम्भव भएको हो ।

उनै नायिका सोनमले भारतीय धावक मिल्खा सिंहको जीवनमा आधारित फिल्म ‘भाग मिल्खा भाग’ मा लिएको पारिश्रमिकको अहिले पनि चर्चा हुने गर्छ । कारण हो बलिउडका राम्रा फिल्ममध्ये एक हो ‘भाग मिल्खा भाग’ । सन् २०१३ मा आएको यस फिल्ममा अभिनेत्री सोनम कपुरले जम्मा ११ रुपैयाँ भारु मात्र पारिश्रमिक लिएर काम गरेकी थिइन् ।

Loading...
प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार ०५:३०