दुर्गेश र विनुले लगन गाँठो कसे

काठमाडौं २६ कार्तिक / पछिल्लो समयमा युवा पस्ताको ढुकढकी बनेका चर्चित गायक तथा मोडल दुर्गेश थापा र बेलि डान्सरले परिचित मोडल विनु शाक्य फिचर्ड नयाँ म्युजिक भिडियोको छायांकन सकिएको छ ।

भिडियोलाई चर्चित लोकप्रिय डान्सर मोडल तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् । जस्मा दुर्गेश थापा र विनु शाक्यलाई दुलहा दुलहीको रुपमा देख्न पाइने भएको छ ।

विवाहको महिना अर्थात मंसीर नजिकिँदै गर्दा विवाह सम्बन्धित गीतको भिडियोहरु बजारमा धमाधम सार्वजनिक भइरहेको पाइन्छ ।

थुप्रै चर्चित गीतहरुमा अभिनय गरेर सबैको मन जितेकी मोडेल तथा बेली डान्सर विनु शाक्यले दुर्गेश थापा सँग सँगै काम गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

केही समय अगाडि तिहार गीतले विवादमा तानिएका थापा यतिबेला रेकर्डिङ र सुटिङमा व्यस्त छन्, भने उनले गरेको नयाँ म्युजिक भिडियोहरु बजारमा सार्वजनिक भइरहेको छ

Loading...
प्रकाशित मिति November 12, 2019