छवि सँग डिभोर्स गर्दा रेखा थापाले यति धेरै रकम लिएको खुलासा

काठमाडौं / चलचित्र निर्माता छवि ओझाकी दोस्री पत्नी अर्थात् अभिनेत्री रेखा थापाले वि सं २०६९मा छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । थापाले सम्बन्ध विच्छेद गर्दा ६५ लाख रुपैयाँ अंश स्वरूप लिएको कुरा खुलेको छ ।

वि सं २०६९ जेठ १७ गते मालपोत कार्यालय डिल्लीबजारमा दर्ता रहेको घर जग्गाको अंशबापत नायिका थापाले ६५ लाख लिएको सम्बन्ध विच्छेदको कागजमा उल्लेख छ । जिल्ला अदालत काठमाडौँबाट मिलापत्रमा गरिएको सम्बन्ध विच्छेदमा ओझाका नाममा रहेको १ करोड १३ लाख मूल्यको घरजग्गाबाट रेखाले उक्त रकम लिएकी थिइन् ।

अदालतबाट प्रमाणित कागजमा छवि ओझाको तर्फबाट पहिली श्रीमती हेमाकुमारी ओझा अंश लिई अलग बस्दै आएको र अन्य कुनै अंशियार नभएको उल्लेख छ । २०५७ सालमा प्रेम विवाह गरेका उनीहरूको दुबैबाट कुनै सन्तान नभएकाले सम्बन्ध विच्छेद गर्नुपर्नेको दाबी गर्दै रेखा थापाले मुद्दा दायर गर्दा गरेकी थिइन् ।

साथै २०६८ सालपछि आफूलाई पति छवि ओझाले व्यावसायिक कार्यमा असहयोग पुर्‍याएको, सार्वजनिक समारोहमा हेला गर्ने, व्यङ्ग्यात्मक शैलीमा अपमान गर्ने कार्य गरेको दाबी रेखाले आफ्नो सम्बन्ध विच्छेदको निवेदनमा गरेकी थिइन् । रेखासँग वैधानिक रूपमा सम्बन्ध विच्छेद भएको १० दिनपछि छविले शिल्पा पोखरेलसँग विवाह गरेका थिए।

विवाह दर्ता प्रमाणपत्रका अनुसार उनीहरूले २०७३ असार २९ गते विवाद गरेका थिए तर उक्त विवाह दर्ता भने २०७५ पुस १२ गते भएको थियो । काठमाडौँमा भएको विवाह दर्ता अघि जिल्ला अदालतबाट किनारा लागेको मुद्दाले छविको अर्को अंशियार नभएको देखिन्छ। रेखा थापासँगको सम्बन्ध विच्छेदमा सबैलाई अंश दिइसकेको प्रमाािणत भएको देखिन्छ।

त्यस्तै मङ्गलवार सर्वोच्च अदालतले शिल्पा पोखरेलले पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णय विरुद्ध हालेको रिट खारेज गरिदिएको छ । सर्वोच्चले शिल्पाको रिट खारेज गरेको र जिल्ला अदालतमा बहु विवाह मुद्दा दायर भएकाले यो विवाद नयाँ मोडमा पुगेको देखिन्छ ।

Loading...
प्रकाशित मिति २७ कार्तिक २०७६, बुधबार ००:४८