सुतेको देश जगाउँछु कलम चलाएरै……

हो म आगो लगाउँछु कलम चलाएरै

सुतेको देश जगाउँछु कलम चलाएरै

____________

आणविक हति,यार प्रयोग नगरी अब

शत्रुहरु सारा भगाउँछु कलम चलाएरै

_______________

देश,द्रो,हीको दुर्ग,न्धित गन्ध भित्रै बाट

म फूल झैँ मगमगाउँछु कलम चलाएरै

______________

चाहे अङ्गभङ्ग पार हेर अपाङ्गनै बनाई

जन यु,द्ध गर्न सगाउँछु कलम चलाएरै

_____________

म धर्ती हुँ सक्दैनौ है मेरो कम्पन सहन

सहजै ति पाउ डगाउँछु कलम चलाएरै

_______________

सुनिता अधिकारी

नुवाकोट

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार ०९:२२