२३ बर्षकै उमेरमा पत्रकार शर्माको नि’धन

काठमाडौं/ पत्रकार डिलप्रसाद शर्माको उपचारका क्रममा निधन भएको छ । बोनम्यारो सम्बन्धी समस्याले पी,डित शर्मा ४ महिनादेखि उपचाररत थिए ।

उनको बोनम्यारो प्रत्यारोपणका क्रममा बिहीबार सिभिल अस्पतालमा नि’धन भएको अस्पतालले जनाएको छ । २३ वर्षीय शर्मा ‘साझा बिसौनी’ दैनिक र देशसञ्चार’ अनलाइनमा आबद्ध थिए ।

अल्पायुमै शर्माको निधनले स्तब्ध भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै शर्माप्रति श्रद्धाञ्जली अपर्ण गर्दै मृ.त आत्माको चिर शान्तिको कामना गरेको छ ।

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार १३:३०