काठमाडौँ- आज बिहीबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ६ सयरुपैयाले बढेको छ ।
बुधबार ७१ हजार ४ सय रुपैयाँ पुगेको सुन आज ६ सयले बढेर प्रतितोला ७२ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार ७१ हजार १ सयमा रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी भाऊ पनि बढेको छ । बुधबार ८ सय ५० रुपैयाँ पुगेको चाँदीको भाऊ आज भने प्रतितोला ८ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ ।