शारदा पाण्डेको काठमाडौंमा १७ करोडको घर

काठमाडौं / ‘अघोरी बाबा’ का रूपमा चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन् ।

आफूसँग अमेरिकाको ग्रिनकार्डसमेत रहेको बताउने पाण्डेले अमेरिकामा मासिक १० लाख रूपैयाँभन्दा बढी कमाउने जागिर छोडेर बाबासँग बिहे गर्न नेपाल आएको बताइन् ।

काठमाडौंमा आफ्नो १७ करोड रूपैयाँ हाराहारीको घर सम्पत्ति रहेको भन्दै उनले आफूलाई सम्पत्तिको लोभ नभएको पनि दाबी गरिन् ।

सांसारिक लोभ र मोहबाट दिक्दारी भएर बाबासँग बिहे गर्न पुगेको उनको भनाइ छ । पाण्डेमाथि चितवनकी एक युवतीलाई ठ’गेको आ’रो’प छ ।

उनी अहिले प्रहरी हि रा सतमा छिन् । आफ्नै पूर्व श्रीमान् गोविन्द अधिकारीलाई दाइ हो भन्दै चिनाएर बिहे गराएको र बिहेपछि दाइले अमेरिका लैजाने कथा बुनेको अभियोग पाण्डेमाथि छ । पाण्डेले आफूसँग रकम असुल गरेको भन्दै ती युवतीले प्रहरीमा उ’जुरी गरेकी थिइन् ।

सोही उजुरीका आधारमा गत मंगलबार महानगरीय प्रहरी वृत्त बौद्धले प’क्रा’उ गरेको थियो । उनीमाथि प्रहरीले ठ’गी मु’द्दामा अदातलबाट तीन दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। हाल पाण्डे बौद्ध प्रहरीको थु’नामा छिन् ।

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०२:३८