नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा

काठमाडौं / केही समय अगाडि चर्चामा आएको निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिचको घरायसी विवाद झनै लम्बिँलदै गएको छ ।

श्रीमान श्रीमतीको घर झगडा प्रहरी देखि मिडिया सम्म पुगेपछि, ‘निर्माता ओझाको
जेठी श्रीमतीले बहुविवाहको मुद्दा दर्ता गराएका थिए । त्यसपछि प्रहरीको खोजिमा रहेकी नायिका शिल्पा पोखरेल आफै अदालतमा उपस्थित भएर साधारण तारेखमा रिहा भएकी छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

निर्माता ओझा घरमा चौथो श्रीमती बनेर भित्रिएकी शिल्पा पोखरेल अहिले दाजु भाउजू सँग बस्दै आएकी छिन् । छविराज ओझाले शिल्पा भन्दा तीन जना सँग लगनगाँठो कसेका थिए , तर घरबार लामो समयसम्म टिक्न नपाउँदै छवि फेरि एक्लो भएका छन् । तर जेठी श्रीमती सँग भने सम्बन्ध बिच्छेद नगरेको जेठी श्रीमतीले मिडियामा बताएका छन् ।

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार १०:५३