दुर्घटनामा गम्भीर घाइते छोरालाई बचाइदिन आमाको अपिल

काठमाडौं / सन्धिखर्क नगरपालिका वडा नम्बर ७ नरपानीको दहखोलामा कार दुर्घ’टनामा परी गम्भीर घाइते भएका पाणिनी गाउँपालिका ८ पालिका १९ वर्षीय विनोद खड्काको उपचारमा आर्थिक अभाव भएको छ ।

बुटवलको तिनाउ हस्पिटलमा उपचार गराई रहेका खड्का रुपन्देहीको सैनामैनाबाट अर्घाखाँची जाँदै गर्दा गत कार्तिक २० गते बिहान नरपानीको दहखोलामा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेपछि उनको मेरुदण्ड भाँचिएको छ, शरीरका विभिन्न ठाउँमा चोट लागेको छ, आफै श्वास फेर्न सक्दैनन भने खुट्टामा प्लास्टर गरिएको छ । विनोदको अहिले पनि आइसियुमै राखेर उपचार भइरहेको छ ।

आजसम्म माइती र आफन्तहरुबाट सहयोग मागेर छोराको उपचार गराएको बताउदै आमा मेनुकाले अवस्था गम्भीर रहेकाले उपचारमा अझ धेरै आर्थिक रकम चाहिने भएकाले छोराको जिवन बचाइदिन सबैलाइ आग्रह गरेकी छन । विनोदको उपचारमा अहिले सम्म करिब ७ लाख खर्च भइसकेको छ ।

घरको अवस्था दयनीय रहेकोले थप उपचार गराउन नसक्ने अवस्थामा पुगेको उनले सुनाईन । विनोदका बुवा मिन बहादुर खड्का पछिल्लो ३/४ वर्ष यता भारतमा बस्दै आएको भन्ने सुनेपनि परिवारको सम्पर्कमा नरहेको उनले  बताईन । श्रिमानले बेवास्ता गरेपछि छोराछोरिसहित उनि यतिबेला गुल्मीको दरबार गाउँपालिका भलाचौरमा रहेको माइती घरमा बस्दै आएकी छिन् ।

विनोदको उपचारमा सहयोग गर्न चाहानेहरुले आमा मेनुकाको मोबाइल नम्बर ९८४७३९२४०९ मा सिधै सम्पर्क गर्न सकिने उनले बताईन । अझैपनि बिनोदको अवस्था निकै गम्भीर रहेको र उपचारमा धेरै रकम खर्चहुने चिकित्सकले बताएका छन ।

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार १४:५४