सरिता कार्कि र  कुलेन्द्र विश्वकर्माको ‘निष्ठुरे’ बजारमा

काठमाडौं / पछिल्लो समयमा नेपाली लोक सांगेतिक क्षेत्रमा गीतहरु आउनेक्रम बढ्दो छ । बिशेष गरेर माया प्रेमका गीतहरु बढि आउने गरेका छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाउछन् । यसैक्रममा लोक तथा दोहोरी गायिका सरिता कार्कि र गायक कुलेन्द्र विश्वकर्माको आवाजमा ‘निष्ठुरे’ बजारमा आएको छ ।

शुक्रबार साँझमात्रै सार्वजनिक गरिएको उक्त गीतमा शीव हमालको शब्द र लय रहेको छ । लाउछ माया नलाउने हैननीको अपार सफलतापछि सोहि टिमको गीत ‘निष्ठुरे’मा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय तथा नृत्य देख्न सकिन्छ । आफुले माया गरेको मायालाई प्रेमको आभास गराएको मिठो भावलाई गीतमा समेटिएको छ ।

‘भन्दाभन्दै तिमी र तपाई, दिल बसेछ सुटुक्कै चाल नपाई ! चखेवाको जोडीझै होलानी कालले कुरे, भाग्यमा जुरे कति माया गरेछु मैले किन कुरा बुझ्दिनौ निष्ठुरे’

गीतमा यस्ता शब्द रहेका छन् । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीत स्वयं गायिका कार्की अफिसियल युठ्युवमार्फत सार्वजनिक गरिएको हो । गीतले सबै दर्शकश्रोताको मन जिन्त सफल रहोस हाम्रो शुभकामना ।

Loading...
प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार १२:०२