प्याजको मुल्य प्रतिकिलो २०० पुग्यो

केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ ।

भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरुले बताउँदै आएका छन् ।

भारतमा ढिलो गरी शुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको देखिन्छ ।

अन्य समाचार

काठमाडौं । पछिल्लो समयमा नेपाली लोक सांगेतिक क्षेत्रमा गीतहरु आउनेक्रम बढ्दो छ । बिशेष गरेर माया प्रेमका गीतहरु बढि आउने गरेका छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाउछन् । यसैक्रममा लोक तथा दोहोरी गायिका सरिता कार्कि र गायक कुलेन्द्र विश्वकर्माको आवाजमा ‘निष्ठुरे’ बजारमा आएको छ ।

शुक्रबार साँझमात्रै सार्वजनिक गरिएको उक्त गीतमा शीव हमालको शब्द र लय रहेको छ । लाउछ माया नलाउने हैननीको अपार सफलतापछि सोहि टिमको गीत ‘निष्ठुरे’मा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय तथा नृत्य देख्न सकिन्छ । आफुले माया गरेको मायालाई प्रेमको आभास गराएको मिठो भावलाई गीतमा समेटिएको छ ।

‘भन्दाभन्दै तिमी र तपाई, दिल बसेछ सुटुक्कै चाल नपाई ! चखेवाको जोडीझै होलानी कालले कुरे, भाग्यमा जुरे कति माया गरेछु मैले किन कुरा बुझ्दिनौ निष्ठुरे’

गीतमा यस्ता शब्द रहेका छन् । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीत स्वयं गायिका कार्की अफिसियल युठ्युवमार्फत सार्वजनिक गरिएको हो । गीतले सबै दर्शकश्रोताको मन जिन्त सफल रहोस हाम्रो शुभकामना ।

Loading...
प्रकाशित मिति November 16, 2019