गायिका ज्योती मगरलाई हङकङमा भव्य स्वागत

चौतारी / पहिरनकै कारण बेलाबेला विवाद र चर्चामा आइरहने एकमात्र गायिका हुन् ज्योती मगर , जति चर्चा चल्ने गर्छ उनको, त्यतिनै सफलता पनि लोभलाग्दो छ । रोल्पाको विकट गाउँ र निम्न परिवारमा हुर्किएकी मगरले अहिले काठमाडौंमै सानदार घर बनाइसकेकी छिन् ।

मेला महोत्सवको समयमा स्टेजबाट दर्शकलाई नचाउन पनि माहिर छिन् ज्योती मगर, उनी मिठो स्वरकी धनी गायिका हुन् भन्ने सायद थाहा नहुने बिरलै होलान्, ‘तर; ज्योतीमा राम्रो गीत सृजना गर्ने खुबि पनि छ भन्ने थाहा नहुन सक्छ ।

यति बेला उनै गायिका ज्योती मगर एक कार्यक्रमको लागि हङकङ पुगेकी छिन् । यहि जुलाई १३ गते “ब्लु ओसियन रेस्टुरेन्ट” मा बिहानको ७:३० बजे देखि प्रस्तुति रहने ज्योती मगरले जानकारी दिएकी छिन् ।

कार्यक्रमको लागि हङकङ पुगेकी ज्योती मगरलाई हङकङ बासी नेपालीहरुले भव्य स्वागत गरेका थिए ।

Loading...
प्रकाशित मिति २७ असार २०७६, शुक्रबार १८:२६