प्रतिष्ठानको आफ्नै घर

काठमाडौं / आफ्नै घर बनाउने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सपनाले साकार रुप लिएको छ । काठमाण्डौमा सम्पन्न छैठौ महाधिबेशनबाट प्रतिष्ठानको अध्यक्ष बनेका बद्रि पंगेनीको नेतृत्वमा प्रतिष्ठान टोखा नगरपालिका ७ धापासीमा सुविधासम्पन्न आफ्नै भवन निर्माण गर्न सफल बनेको छ ।

‘प्रतिष्ठानको आफ्नै घर’ नारा दिएर अभियान नै संचालन गरेको प्रतिष्ठानले छोटो अवधिमा जग्गाको व्यवस्था गरेर भवन निर्माण गर्न सफल भएको हो । नवनिर्मित भवनको मंसिर १ गते टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिष्ठानको भवन निर्माण सम्पन्न गर्नुलाई पंगेनीले नेतृत्व गरेको केन्द्रिय कार्यसमितिको मुख्य उपलब्धिको रुपमा लिईएको छ ।

स्वदेश तथा विदेशमा रहेको कलाकर्मी, सहयोगी शुभचिन्तकको सहयोगबाट भवन निर्माण संभव भएको हो । सातौँ महाधिबेशनको पुर्वसन्ध्यामा नवनिर्मित भवनको उद्घाटन गर्न लागिएको हो । महाधिबेशन यहि मंसिर ६ देखि ८ सम्म पोखरामा सम्पन्न हुदैछ ।

पंगेनीको नेतृत्वमा प्रतिष्ठानको संगठन विस्तार तथा व्यवस्थापन, विकृती न्यूनिकरण, कलाकार कल्याणकारी कोषलाई एक करोड पु¥याउने काम सफल भएको वरिष्ठ उपाध्यक्ष रमेश विजीले बताए ।

Loading...
प्रकाशित मिति १ मंसिर २०७६, आईतवार १४:२९