सुदूरपश्चिममा भुकम्पको कडा धक्का

मंसिर ३, बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ।

स्थानीय समयअनुसार ७ बजेर १५ मिनेटमा नेपाल भारत सीमाक्षेत्र केन्द्रविन्दु भएर ५.७ स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का बैतडी लगायत सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ।

अन्य समाचार

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् वर्षा शिवाकोटी । आफ्नो अभिनय र फोटोसुटका कारण चर्चामा आइरहने बर्षा पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिन थालेकी छिन् । यसैक्रममा नायिका बर्षा शिवाकोटी मौसम गुरुङको एक म्युजिक भिडियोमा देखिदैछिन् ।

मौसम गुरुङ्गको यस म्युजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र वर्षा शिवाकोटी देखिदैछन् । यस गीतको भिडियोको छायांकन भर्खरै सकिएको छ ।

यसैक्रममा चर्चित मोडल दुर्गेश थापाले मौसम गुरुङको म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटीसँग खिचिएका तस्बिरहरु शेयर गरेका छन् । तस्बिरमा यी दुईको जोडी निकै सुहाएको छ ।

Loading...
प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार १५:५१