प्रतिष्ठानको अध्यक्षमा सर्जक रमेश बिजीको उमेदवारी

काठमाडौं / यहि मंसिर ६ देखि ८ गतेसम्म हुन गइरहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनमा बुटवलका चर्चित गीतहरुका सर्जक रमेश बिजीले अध्यक्ष पदका लागि उमेदवारी दिएका छन् ।

तीन दिनसम्म पोखरामा हुन गइरहेको महाधिबेशनमा वर्तमान प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रहेका सर्जक बिजीले आफू अध्यक्षमा विजयी हुने निश्चित जस्तै भएको दाबी गरेका छन् ।

उनले भने-‘म प्रतिष्ठानको संस्थापक सह-सचिव हुँ । म लगाएतका सबै पदाधिकारीहरु अध्यक्ष भई सक्नु भएको छ । यसपाली स्वतः मेरो पालो भएकाले मैले अध्यक्ष पदको उमेदवारी दिदै छु ।’

उनले थपे-‘स्थापना कालदेखि प्रतिष्ठानमा रहेर संस्थामा करोडौंको कोष स्थापना र भवन निर्माण गर्न हालसम्मका अध्यक्षहरुलाई सहयोग गरेको छु । यसर्थ पनि मलाई देशैभरका कलाकारहरुले साथ दिनुहुन्छ ।’

२०५५ सालतिर बुटवलबाट गायन र गीत सिर्जनाको यात्रा सुरु गरेका बिजीको स्थाई घर स्याङ्खजाको पुतली बजार नगरपालिका–१४ लामागे हो । बुटवलमा एक समयका पूराना कलाकारहरुको चेला रहेका उनी अहिले त्यसै बुटवलमा हुने महोत्सवहरु र अन्य गायन प्रतियोगितामा सहभागी प्रतियोगीका गुरु बनेर निर्णायक समेत बन्दै आएका छन् ।

झण्डै २० बर्षदेखि निरन्तर लोक दोहरी क्षेत्रमै आफू समर्पित रहेको उनले बताए । उनीसहित अर्का बरिष्ठ गायक बिष्णु खत्रीले पनि अध्यक्ष पदको उमेदवारी दिने चर्चा छ ।

यो पढ्नुहोस रमेश बिजीको लेख जस्ताको तस्तै :

आदरणीय अध्यक्ष बद्री पंगेनी ज्यु ,
संस्थापक पुर्व एवं निवर्तमान अध्यक्षज्युहरु,प्रदेश,जिल्ला,उपत्यका समन्वय समिति र विदेश शाखाका अध्यक्षज्युहरु, आदरणीय सल्लाहाकार संरक्षकज्युहरु महाधिवेशन प्रतिनिधि पर्यवेक्षक संचारकर्मी एवं शुभचिन्तक महानुभावहरु !

हाम्रो गरिमामय संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको स्थापनाकाल २०५७/०५८ देखि संस्थापक सहसचिवको जिम्मेवारी,सांगठनिक विस्तार विशुद्व कलाकारिता र संस्थागत एकता वाहेक निजी जीवन व्यवस्थापनका धेरै महत्वपुर्ण कुराहरुलाई थाति राखेर नितान्त प्रतिष्ठानको धरालेको रुपमा जीवनको उर्जाशील १८/२० बर्ष व्यतित गरिसक्दा आफ्नै काखमा बोकेर डोराएर मागेर पालेर हुर्काएको यस प्रतिष्ठानको माया आफै भन्दापनि बढि हुँदो रैछ ।

बरु आफ्नै भविष्यको बारेमा चिन्ता गरिन्न जति यस संस्थाको लागि मरिमेटी गरिन्छ।फलस्वरुप आजको प्रतिष्ठान यो उचाईमा पुग्न सफल भएको छ र यिनै सारा उपलव्धिहरुको हकदार विभिन्न कालखण्डको नेतृत्व कार्यसमिति र सम्पुर्ण सहयोगीहरुको बीचमा म आफूलाई पनि यसको एकहिस्सेदार महसुस गर्छु र गर्विलो छाति लिएर अगाडि बढ्न पाएको छु ।

महासचिव ,वरिष्ठ उपाध्यक्ष विदेश विभाग प्रमुख हुँदै क्रमश: समयले मलाई अब यस संस्थाको जिम्मेवारीपुर्ण नेतृत्व समाल्ने चुनौतिपुर्ण क्षणमा पुराएको छ । विगतका नेतृत्वबाट सकारात्मक पाठ सिक्दै ,आफ्ना अनुभव र सपनाहरुको मिश्रणबाट एउटा गतिशिल प्रतिष्ठित सुसंस्कृत र सर्वप्रिय सुन्दर प्रतिष्ठान बनाउने अठोटका साथ प्रतिवद्व छु ।

प्रतिष्ठानको अगाध माया बोकेर नेतृत्वको लागि उमेदवारी घोषणा गर्नु भएका अन्य सहकर्मी साथिहरुको पनि सम्मान गर्दै आसन्न ७औं केन्द्रीय महाधिवेशनमा ७औ भाग्यमानी अध्यक्षका रुपमा आफ्नो उमेदवारी रहने घोषणा गर्दछु । सद्भाव सहयोग विश्वास ,आशिर्वाद र स्वत स्फूर्त माया गरिदिनु हुने सबै प्रति कृतज्ञ छु । धन्यवाद

Loading...
प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार ००:४४