काठमाडौ / “लोक दोहोरी प्रतिष्ठानले आफ्नै भवन निर्माण सम्पन्न सकिए संगै आज उद्दघाटन गरिएको छ ।” उद्दघाटनको क्रममा लोक दोहोरी गायक पशुपति शर्माले आफ्नो खुशी व्यक्त गरेका छन् ।
पशुपति शर्माले लोक दोहोरी प्रतिष्ठान दह्रो बन्दै गएको जसको स्वरुप भवन बनाउन सफल भएको कुरा उल्लेख गरेका छन् ।
लोक दोहोरी छेत्र र संगठन अनुशासित हुदै गएकोले आउने पुस्तालाई यस छेत्रमा भविष्य खोज्न सहज हुने कुरा मिडिया सामु उल्लेख गरेका छन् ।
पशुपति शर्माले आफु जीवनभर गित गाएर नै जीवन चलाउने पनि प्रष्ट पारेका छन् । प्राय आफ्नो गितमा व्यंग्य गर्ने पशुपति शर्माले अहिलेको सिमाना मिचेको विषयमा बनाएको गितको टुक्रा समेत मिडिया सामु प्रस्तुत गर्दै भने: “म राजनीतिमा कहिले पनि आउदिन तर आफ्नो गितबाट जनताको आवाज भने उठाइरहनेछु ।”
हेर्नुहोस भिडियो !