४ दिनदेखि युवती वेपत्ता, खोजिदिन परिवारको आग्रह

  • हुमाकान्त पोखरेल

गुल्मी । इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडाकी एक युवती चारदिनदेखि सम्पर्कबिहिन भएकी छिन् ।  १७ वर्षिया पुजा अर्याल सम्पर्क बिहिन भएकी हुन् ।

गत मंसिर १ गते आइतबार बिहान घरबाट हिंडेकी उनी सोहि दिन साँझबाट नै सम्पर्कविहिन भएको परिवारले जनाएको छ ।

छोरी सम्पर्कबिहिन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरी चौकी, इस्मामा उजुरी दिएका थिए । तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन् ।

पुजा इस्मा गाउँपालिका -४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् । छोरी सम्पर्कबिहिन भएपछि खोजि गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

पुजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरी चौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन परिवारकाे आग्रह छ

Loading...
प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार ०६:४५