काठमाडौं २८ असार / विगत ३ बर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ आज वितरण गरेको छ । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा वि.सं २०७३, २०७४ र २०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान वितरण समारोह’ सम्पन्न भएको छ । २०७५ को राष्ट्रिय पुरस्कारमा नायिका स्वस्तिमा खड्का र नायक विपिन कार्की उत्कृष्ट भएका छन् । स्वस्तिमा फिल्म बुलबुल र विपिन फिल्म प्रसादबाट उत्कृष्ट भएका हुन् । यस्तै चलचित्र बुलबुल बाट निर्देशक बिनोद पौडेलले उत्कृष्ट निर्देशक बन्दा उत्कृष्ट चलचित्रको अवार्ड चलचित्र गोपी ले पाएको छ ।
फिल्म गोपीबाटै पटकथा र लेखनमा सामिप्यराज तिमल्सेना र दिपेन्द्र लामा उत्कृष्ट भएका छन् । चलचित्र भोर बाट उत्कृष्ट अभिनय गरेको भन्दै पूर्ण कलालई पुरस्कार प्रदान गरिएको छ । यस्तै छायाँकन विधामा फिल्म समर लभबाट संजय लामा, सम्पादन विधामा फिल्म साइलीबाट निमेश श्रेष्ठ, उत्कृष्ट भएका छन् ।
चलचित्र छक्का पञ्जालाई लगातार उत्कृष्ट फिल्मको सिरिज निर्माण गरेको भन्दै पुरस्कार प्रदान गरिएको छ । यस्तै दीर्घ साधना सम्मानबाट बरिष्ठ सम्पादक, लेखक तथा निर्देशक तुलसी घिमिरेलाई पुरस्कृत गरिएको छ । उनलाई ३ लाख ५१ हजार नगद सहित पुरस्कृत गरिएको हो ।
३ दशक भन्दा लामो समय नेपाली फिल्म क्षेत्रमा अर्पण गरेका उनलाई २०७५ बाट चलचित्र विकास बोर्डले दिर्घ साधना सम्मान प्रदान गरिएको हो । आदिवासी फिल्म अन्तर्गत रिजेनासा उत्कृष्ट चलचित्र बनेको छ । पुरस्कृत व्यक्तित्वहरुलाई २५ हजार नगद र ट्रफि सहित पुरस्कृत गरिएको हो ।
राष्ट्रिय चलचित्र पुरस्कार २०७५
१.उत्कृष्ट लेखन (कथा, पटकथा संवाद) : गोपी, कथा : दिपेन्द्र लामा, पटकथा तथा संवाद : सामिप्यराज तिमल्सेना
२.उत्कृष्ट छायाँकन : समर लभ, सञ्जय लामा
३.उत्कृष्ट सम्पादन : साँइली, निमेश श्रेष्ठ
४.उत्कृष्ट अभिनेत्री : बुलबुल, स्वस्तिमा खड्का
५.उत्कृष्ट अभिनेता : प्रसाद, विपिन कार्की
६.उत्कृष्ट निर्देशक : बुलबुल, विनोद पौडेल
७.उत्कृष्ट चलचित्र : गोपी, आरोही इन्टरटेनमेन्ट प्रा.लि
८.उत्कृष्ट चलचित्र (आदिवासी, जनजाती, विभिन्न भाषाभाषी) : रिजे नायाँ (गुरुंग भाषा)
९.जुरी प्रोत्साहन सम्मान : भोर, पुजा कर्ण
१०.चलचित्रको व्यापार विस्ता तथा प्रवद्र्धन सम्मान : छक्का पञ्जा ३, आमा सरस्वती मुभिज् प्रा.लि
२०७५ दीर्घ साधना सम्मान : तुलसी घिमिरे