कविता ( किन भाग्य फरक )
________________
कस्तो हुन्छ भाग्य लेख्ने मसि
कस्तो हुन्छ तिनको कसि
देख्न पाए जान्ने थिए
त्यो मसि अनि तिनको कसि
मिल्ने भए हेर्न हुन्थियाे निधार
मेटाइ दिन हुने थियो
दुःखकाे सारा अाधार
__________`
कस्तो छिन भाग्य लेख्ने भावि
किन हुन्छिन निर्दयि यति सारी
भेट्न कतै पाए देखि
साेध्नु हुन्थियाे किन फरक गर्छिन
उ अनि म माथि!!
__________
भाविकाे खेलनै निराला रे
कस्तो खेल हाे त्यो
सधैं छुट उनलाई खेल्न हामी माथि
उनी मन्त्री बनी चाल चलि रहने
हामी प्यादा बिचरा माेहरा बनी रहने!!
_____________
भेट्न कतै पाए देखि
नियम खेलकाे साेध्ने थिए
किन फरक धनी अनि गरिब माथि
कहाँ पाइन्छ त्यो कसि
किन्न कतै पाए देखि
फेरि दिन हुन्थियाे
उनले भाग्य लेख्ने कसि!!
___________
कुन लिपिमा भाग्य लेखिन्छ
अाधार के के बनाइन्छ
स्वकृत गर्ने काे काे हुन्छन्
कुन प्रिन्टमा छापिन्छन्!!
_______________
थाहा पाए कतै मैले
प्रशन गर्थें तिनलाई अहिले
मान्छे त सबै एकै हाे नि
किन भाग्य फरक
सबैकाे चाहा त एउटै हाे नि
किन दिने खुशी किन दु:ख फरक!!
________________
पुनम घिमिरे
२०७६/८/५