पोखरामा कलाकारको भिड

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ७ औँ केन्द्रीय महाधिवेशन आजबाट सुरु भएको छ। मंसिर ६, ७ र ८ गते पोखरामा हुँदैछ ।

उक्त अवसरमा चर्चित लोकप्रिय सर्जक रमेश विजी र वरिष्ठ गायक विष्णु खत्रीले अध्यक्ष पदको लागि उमेदवारी दर्ता गराएका छन् ।

सहमतिमा जानेकि भिड्ने भन्ने बिषयको छिनोफानो आज साझ हुने पुर्व अध्यक्ष चन्द्र शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार विष्णु खत्रीले विजिलाई अध्यक्ष पद सुम्पिन सक्ने सम्भावना बढि रहेको बताएका छन् ।

पोखरामा नेपाल भरका प्रतिष्ठानमा आबद्ध कलाकारहरुको जमघट हुँदैछ ।

Loading...
प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १२:००