दलितको घर भन्दै मण्डप छाडेर भाग्ने पुजारी थुनामा

कपिलवस्तु / छुवाछुत तथा अपमान.जनक व्यवहार गरेको आरोपमा एक जना पुजारीलाई प्रहरीले प,क्राउ गरी थुनामा राखेको छ ।

शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटाका मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजालगायतको कार्यका लागि आएका पुजारीहरु भिमप्रसाद पोख्रेल र अर्का नाम नखुलेका एक पुजारीलाई बोलाइएको थियो ।

तर उनीहरु घरमुली दलित भएको थाहा पाएपछि बहाना बनाएर पूजा मण्डपबाट भागेको घुरमुली मिलनले बताउनुभयो ।

यसरी मण्डप छोडेर भागेका दुई पुजारीउपर प्रहरीले छुवाछुत तथा अपमाजनक व्यवहारको कसुरमा शुक्रबार मुद्दा दर्ता गरेको छ ।

पूजा मण्डप छाडेर भाग्ने पुजारी वाणगंगा नगरपालिका वडा नं. ८ चप्पर गाउँ का ६५ वर्षीय भिमप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । अर्का नाम नखुलेको भनिएका पुजारी भने फरार रहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १३:१९