मलेसियामा एक नेपालीको मृत्यु

तिलोचन गौतम / क्वालालम्पुर मलेसिया – कैलाली  थापापुर का प्रकाश को गत बुधबार जुलाइ १० तारीख बुधबार मलेसियामा मृत्यु भएको छ।

थाइल्यान्ड को बोडर नजिकै रहेको मलेसियाको तेरेङगानु भन्ने ठाउँमा अबस्थित मास्ट्रेन स्टिल कम्पनी मा फलाम तताउने काम गर्दै आएका रावल को हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

अगिल्लो दिन काम गरेर सहजै कोठा फर्किएका रावल भोलिपल्ट काम मा जानलाइ आफू निदाइरहेमा साथीहरूलाई मलाई पनि काम मा जानेबेला उठाइदिनु है भन्दै सुतेका रावल बिहान टाउको दुखेको भन्दै काममा जान सकेनन् दिन्भरी कोठामै रहेका रावल साझ साथीहरू काम बाट फर्कदा अलिक सिकिस्त भएको र आफ्नो पिसाब समेत रोकिएको बताएपछि हस्पिटल पुर्याइएका उन्को हस्पिटल मा उपचारकाक्रममा मृत्यु भएको मृतक का भाइ आदित्य रावल ले जानकारी गराए।

उपचारको लागि भर्ना भएकै तेरेङगानुकै (sultanah nur zahirah) हस्पिटल मा रावल को मृत्यु भएको हो । के कारण ले मृत्यु भएको हओ हस्पिटल ले सव लाई पोस्टमार्टम गरेपछी रिपोर्ट आउने भएकोले मृत्युको कारण भने खुल्न सकेको छैन ।

कम्पनीले रावल को मृत शरीर परम्परागत अन्तिम दाहसंस्कार को लागि स्वदेश फिर्ता गराउने तयारीमा आबस्यक कागजात र कानुनी प्रक्रिया मिलाइ स्वदेश फिर्ता गराउने प्रक्रियामा रहेको जानकारी दिएको मृतक का भाइ आदित्य रावल ले जानकारी गराए।

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार ०४:३३