कमेडी च्याम्पियन अब टेलिभिजनमा ; बिजेतालाई २५ लाख पुरस्कार

काठमाडौं / बुधबार कार्यक्रम ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ । मंसिर ९ गतेबाट  प्रसारण हुने भनिएको ‘कमेडी च्याम्पियन’ को प्रोमामा चर्चित हास्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी र अभिनेत्री रीमा विश्वकर्मा देखिएका छन् ।

यस कार्यक्रमका निर्णायकमा वरिष्ठ कलाकार सन्तोष पन्त, निर्देशक प्रदीप भट्टराई, हास्यकलाकार मनोज गजुरेल र अभिनेत्री ऋचा शर्मा रहेका छन् ।

‘कमेडी च्याम्पियन’ मंसिर ९ गतेबाट  कान्तिपुर टेलिभिजन र रेडियो अडियो च्यानेलबाट प्रसारण हुने जनाइएको छ । कार्यक्रम राति ९ बजेदेखि १० बजेसम्म हुनेछ ।

विशाल भण्डारीले निर्देशन गरेको यस कार्यक्रममा विजेता  हुनेले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । नेपालमा पहिलो पटक भएको यो केमेडी शो दर्शकले रुचाउनेछन् ।

Loading...
प्रकाशित मिति November 23, 2019