काठमाडौं / यतिबेला द भ्वाइस अफ नेपालका प्रतिष्पर्धीहरु निरन्तर छाटिने कार्य धमाधम चलिरहेको छ ।
गएको शुक्रबार र सनिवारको लाईभ राउन्डबाट २ जनाले भ्वाइस अफ नेपालको यात्रालाई बिट मारेका थिए भने आज अर्थात मङ्सिर ७ गतेको एपिसोडबाट टिम प्रमोदबाट बल बहादुर राजवंसीले बिदा लिएका छन् ।
खरो र उत्कृष्ट प्रस्तुतिका कारण निरन्तर चर्चा कमाईरहेका बलबहादुर राजबन्शी द भ्वाइस अफ नेपालको मञ्जबाट आज बाहिरिएका छन् ।
लाईभ राउन्डमा पुगेका ४ कोचका ९ प्रतिष्पर्धीहरु घटेर अहिले पुगे संगै उत्कृष्ट ८ भित्र पर्न सफल प्रतिस्पर्धिहरुको भोटिङ खुल्ला गरिएको छ ।