विष्णु खत्रीलाई हराउँदै प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी

काठमाडौं / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन सम्पन्न भएको छ । मंसिर ६,७ र ८ गते पोखरामा भएको चुनावमा ४० भोटको अन्तरले प्रतिष्ठानको अध्यक्षमा स्याङ्जाका वरिष्ठ सर्जक रमेश बिजी बिजयी भएका छन् ।

अध्यक्ष पदको लागि वरिष्ठ गायक विष्णु खत्री र रमेश बिजी उम्मेदवारी दिएका थिए । गायक खत्रीको यो लगातार तेस्रो हार हो उनले यसअघिको दुईवटा चुनावमा पनि हार व्यहोर्नुपरेको थियो ।

यस अगी सर्बाधिक मत पाएर केन्द्रीय सदस्यमा निर्बाचित भएकी उनि यो पटक भने केहि पद माथी उठेर लडेकी हुन।पूर्णकला एक सक्रिय केन्द्रीय सदस्यको रुपमा रहिरहदा उनि नया कार्यसमितिको लागि भने झन् उर्जा सहित अगाडी बढ्ने भएकी छिन।

पूर्णकला बिसीसंगै बरिष्ठ उपाध्यक्षमा रिता थापा,प्रथम उपाध्यक्षमा पशुपति शर्मा,दित्तीय उपाध्यक्षमा रामजी खाँण,महिला उपाध्यक्ष राधिका हमाल,महासचिवमा सुबास केसी,सांगठनिक सचिबमा खुमन अधिकारी,महिला सचिबमा जमुना राना निरविरोध निर्बाचित भएका छन।

Loading...
प्रकाशित मिति November 24, 2019