काठमाडौं ९ मंसिर / नायिका बर्षा राउत अभिनयका कारण खुबै लोकप्रिय छिन भने उनको संजोग कोईराला संग बिवाह बन्धनपछी फ्यान फलोईङ अझै बढेको छ ।
यता गलबन्दी गीतले उकालो लाग्दै गरेको प्रकाश सपुतको चर्चालाई ह्वात्तै बढायो । अहिले यहि दुई बर्षा र प्रकाश अभिनित पहिलो म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।
“हुन्छ भनन” बोलको सो गीतलाई पुजा सुनुवार र डेभिड शंकरले गाएका छन् । सार्बजनिक गीतमा शब्द संगीत दिपक शर्माको रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन । प्रीज्मा डिजिटलमा रेकर्ड भएको गीतको भिडियोलाई डुश म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
भिडियोमा प्रकाश सपूत र बर्षा राउतको क्यामेस्ट्री खुबै जमेको देख्न सकिन्छ । उत्सब दाहालले खिचेको भिडियोलाई अनुप चापागाईंले निर्देशन गरेका छन । यस्तै सार्बजनिक गीतको भिडियोमा सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् ।
नोभेम्बर २२ मा युट्युबमा सार्बजनिक भएको भिडियोले राम्रो प्रतिक्रिया बटुली रहेको छ भने भिडियोलाई बिकश दाहाल सम्पादन तथा कलर गरेका हुन् ।