घर झगडा प्रहरी सम्म पुगेपछि : वास्तविकता यसरी बाहिरियो

चौतारी / चलचित्र क्षेत्रमा बाघ निर्माताको नामले परिचित एक निर्माता छविराज ओझा हालैमात्र घरायसी विवादले चर्चामा आएका छन् । उनको चौथो पत्नीको रुपमा २०७३ सालमा भित्रिएकी अभिनेत्री शिल्पा पोख्रेलले आफू असुरक्षित भएको भन्दै प्रहरी समक्ष उजुरी दर्ता गरेका थिए ।

यसअघि पनि विवाहकै कारणले चर्चामा आएका छविराज ओझा यसपटक भने प्रहरी परिसर सम्म पुग्न बाध्य नै भए, घरेलु हिंसा बाट मुक्त हुन आफूले उजुरी दिएको बताउने अभिनेत्री शिल्पाले अझै पनि छवि सँग एकता हुने नहुने भन्ने दोधारमा रहेको मिडियालाई बताएका छन् । ‘उनी हालै नाताले दाइ पर्ने दीपक रौनियार र सम्झना रौनियारको घरमा शरण लिएर बसेकि छिन् ।’

केही मिडियामा छविको कुटपिटबाट कानको जाली फुटेको अभिव्यक्ति दिएकी शिल्पाको स्वस्थ्य अवस्था बारे अहिलेसम्म केही बाहिर आएको छैन, ‘तर; आफुले हातपात नगरेको र सामान्य घरायसी विवाद भएको छविको दाबी छ ।

शिल्पाले आफू घरेलु हिंसाको सिकार बन्न परेको भन्दै ओझाको पुर्व पत्नी नायिका रेखा थापालाई पनि गुहारेको उनी निकट स्रोतहरु बताउँछन् । अहिले उनिहरुको दुईको विवाद प्रहरी परिसर टेकु बाट मिलिसकेको छ । छविले प्रहरी समक्ष माफी मागेर (आइ लभ यु ) भनेपछि विवाद टुंगिएको हो ।

झगडा मिलेपनि शिल्पाले असन्तुष्ट जनाउन चाहि छाडेकी छैन उनले भनेकी छिन्,

“विवाह गरेको महिना दिन पछि उहाँको व्यवहारमा परिवर्तन आयो, त्यसपछि तिन बर्ष लगातार अर्थात आजसम्म म माथि घरेलु हिंसा गरिरहनु भयो”

छविले पनि केही मिडियामा बोलेका छन् आफुहरुको सहमति भइसकेपनि श्रीमती  अहिलेसम्म घर नआएको उनको भनाइ छ । तर छवि शिल्पाबाट टाढा रहन चाहँदैन । उनी भन्छन् : म अन्तिम सास शिल्पा सँगै फेर्न चाहन्छु”

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार ०७:२१