खोटाङ हलेसीमा बाला चतुर्दशी मेला , भक्तजनको घुईँचो

वाला चतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी महादेवस्थानमा पुजाआजा गर्ने दर्शनार्थीको घुँईचो लागेको छ । सात दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिव्वत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हलेसी आएका छन् ।

बिहिबार बिहान झिसमिसदेखि महादेबस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको हलेसी महादेबस्थान मन्दिर व्यवस्थापन समितिले जनाए । खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटस्थित दुधकोशीमा बेलिब्रिज तथा उदयपुर र ओखलढुंगाको हर्कपुरस्थित सुनकोशीमा स्थायी पुल बनेपछि काठमाडौ, बिराटनटर, धरान, जनकपुर, पोखरा लगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर हलेसीमा आउने जाने क्रम बाक्लिएको हलेसी बिकास समितिले जनाएको छ ।

हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेब गुफा, बसाहा गुफा, गर्दुङ गुफा, भैरब गुफा, दुंदेलो गुफा, धर्मद्धार, पापद्वार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् ।

यता बजार व्यवस्थापनमा केहि गर्न खोजिए पनि बढ्दो जनसंख्याका कारण नसकिएकोे बजार व्यवस्थापन समितिले जनाएको छ । बजारमा बाक्लो भिड बढेपछि खानेपानीको समस्या हुनुका साथै व्यावस्थापनमा समेत कठिनाई थपिएको छ ।

बजारको उचित व्यवस्थापन गर्न नसक्दा यतिखेर होटलहरुमा दर्शनार्थीहरु बस्नको लागि ठाउँ नभएकोले समस्यामा परेका छन् ।

यसैबीच, बालाचतुर्दशीको अवसरमा जिल्लाको पर्यटकीय स्थल बराह पोखरी र दिक्तेलको मझुवागढीस्थित कालिका देबिस्थान मन्दिरमा समेत दर्शनार्थीको बाक्लो घुइचो लागिरहको छ ।

Loading...
प्रकाशित मिति ९ मंसिर २०७६, सोमबार ०३:२९