कुवेतमा सुतिरहेकै अवस्थामा नेपाली युवा निधन

कुवेत / वैदेशिक रोजगारीको लागि कुवेत आएका एक नेपाली युवाको ज्यान गएको छ ।

करिब २ वर्ष अगाडि यहाँ आएका मेघाङ गाउँपालिका–६ नुवाकोटका २५ वर्षीय प्रजय तामाङको शनिबार राति सुतिरहेकै अवस्थामा मृ,त्यु भएको हो ।

सुरुमा अल्घानिम इन्टरनेश्नल जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा सामान्य कामदारका रुपमा आएका प्रजय पछिल्लो समय भने कम्पनिबाट भागेर अ,वैध बस्दै आएका थिए।

सँगै बस्दै आएका साथीले बताएअनुसार शनिबार राती माबुल्लाको ब्लक २ स्थित आफ्नै कोठामा  उनले अत्याधिक मादक पदार्थ सेवन गरेर सुतेका थिए । आइतबार बिहान करिव ४ बजे बिउँझेर हेर्दा  प्रजय घोप्टो परेर रगत वान्ता गरिराखेको अवस्थामा मृ,त भेटिएका थिए।  यधपी  उनको मृत्युको आधिकारिक कारण भने अहिलेसम्म खुलेको छैन् ।

उनको शव पोस्टमार्टमका लागि कुवेत प्रहरीले फर्वानिया हस्पिटलमा पठाएको छ । घटनाबारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको तर पोस्टमार्टमको रिपोर्ट अझैसम्म सम्बन्धित निकायबाट प्राप्त भइनसकेको जनाएको छ।

Loading...
प्रकाशित मिति November 25, 2019