सन्दिप लामिछानेको आँखा शल्यक्रिया

काठमाडौँ / सन्दीप लामिछानेले १३औं दक्षिण एसियाली खेलकुद साग नखेल्ने भएका छन् । डिसेम्बर एक तारिखबाट नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुदमा लामिछानेले आँखाको शल्यक्रिया गरेका कारण नखेल्ने भएका हुन् । अब उनले झण्डै चार साता आराम गर्नु पर्नेछ ।

आबुधाबीमा आयोजना भएको टी-१० लिगबाट फर्किएको २ दिनपछि उनले डाक्टरहरुको सल्लाहमा शल्यक्रिया गरेका हुन् ।

सन्दीपले सहभागिता जनाउन नसक्ने भएपछि उनको स्थानमा यू-१९ टोलीका कप्तान रोहितकुमार पौडेललाई साग टोलीमा सहभागिता जनाउने भएका हुन् ।

सन्दीपले बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि सहभागिता जनाएका थिएनन् ।

Loading...
प्रकाशित मिति ९ मंसिर २०७६, सोमबार १२:३५