राजेश पायल राईले जापानबाट किन लेखे यस्तो स्टाटस् ( पढ्नुहोस् )

काठमाडौं / एउटा कलाकारका लागि ‘अवार्ड’ को महत्व निकै ठूलो हुन्छ । विभिन्न संघसंस्था र राज्यले प्रदान गर्ने ‘अवार्ड’ हरुले कलाकारलाई थप नयाँ काम गर्न हौसला र प्रेरणा प्रदान समेत गर्छ । कतिपय कलाकारहरुले त अवार्डका लागि ‘मरिहत्ते’ समेत गरेको देख्न–सुन्न पाइन्छ । एउटै कलाकार पटक-पटक अवार्डका लागि छानिदा नयाँले अवसर नपाउने गरेको गुनासो पनि सुन्न पाइन्छ । अन्य कला क्षेत्रमा जस्तै गीत संगीतको क्षेत्रमा पनि यस्तै अवस्था छ ।

सयौं अवार्ड र सम्मान पाइसकेका ‘राई इज किङ’ उपमा पाएका गायक राजेश पायल राईले भने अब कुनै पनि अवार्ड नलिने घोषणा गरेका छन् । सांगीतिक कार्यक्रममा दौरानमा जापानमा रहेका गायक राईले अब लाइफ टाइम अचिभमेन्ट, राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड बाहेक अन्य कुनै पनि खालका अवार्ड नलिने घोषणा गरेका छन् । नयाँ कलाकारहरुलाई पनि गीत-संगीतको क्षेत्रमा लाग्न हौसला प्रदान गर्ने अवार्डहरु प्राप्त गर्ने अवसरका लागि आफूले निजी तथा विभिन्न संघसंस्थाहरुले प्रदान गर्ने अवार्ड ग्रहण नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

हेर्नुस उनको स्टाटस :

मेरो अनुरोध ….
मलाई माया अनि नेपाली सगितप्रती सम्मान प्रकट गर्दै अाज सम्म बिबिध एवाड बाट पुरस्कित गर्नु हुने तमाम सघ-सस्था एव व्यक्तिका साथै सम्बन्धित सबै का प्रती हार्दिक धन्यवाद तथा अाभार व्यक्त गर्दछु ।
पुरस्कार कुनैपनि कलाकारका लागि प्रेरणा अनि उर्जा हो ।मैले प्राप्त गरेका सबै एवाडले मेराे जिवनमा महत्त्वपूर्ण भुमिका निर्बाह गरेका छन ।यद्यपि मेरा ती सम्पत्ति मेराे घरमा भएकाे अागलागिमा परि नस्ट भएकाे सबैलाई बिदितै छ ।

यस्ता एवाडहरु नयाँ पुस्ताका कलाकारहरुका लागि त प्राणवायु सरहनै हुन्छन् र यसकाे विशेष महत्त्व उनिहरुमै हुन्छ । मलाई लाग्छ हामी कलाकारहरुका लागि दर्शक श्राेता हरुकाे माया,सदभावले विषेश महत्त्व राख्छ ।नयाँ कलाकारहरुलाई प्रेरित गर्न पनि हामिले उनिहरुका लागि बाटाे छाेडि दिनुपर्छ भने एवाडहरुकाे गरिमा तथा महत्त्व पनि कायम रहनु पर्छ ।यसै सन्दर्भ मा म अब देखि राज्य स्तरबाट वा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एवाड बाहेक निजि वा ब्यक्तिगत रुपमा प्रदान गरिने एवाड हरु ग्रहण नगर्ने निर्णयमा पुगेेकाे छु ।मेराे याे भावनालाई सकारात्मक रुपमा लिईदिनु हुनेछ भन्ने अाषा छ ।म प्रती माया- प्रेम एव सद्भाव दर्शाउने सबै मा दर्शन नमस्ते ।!!!

Note.. लाईफ टाइम एचिभ्मेन्ट र सम्मान बाहेक माथी को बुदा को सम्बन्ध छैन..

राजेश पायल राइ
हाल जापान

Loading...
प्रकाशित मिति November 26, 2019