ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ ( हेर्नुहोस् कुन देशको कति )

काठमाडौं / आज अमेरिकी डलरसहित केही देशको भाउ बढेको छ भने कुवेती दिनारसहित केही देशको भाउ घटेको छ ।नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०७ पैसा रहेको छ। सोमबार डलरको भाउ खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०४ पैसा रहेको थियो ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रिदर १४८ रुपैयाँ २० पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ५८ पैसा रहेको छ ।बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ १८ पैसा रहेको छ। यो सोमबारको तुलनामा ३ पैसा बढी हो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ।मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५४ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति November 26, 2019