धेरै धन कमाउने सपना बोकेर कोरिया पुगेको नेपाली युवा कहिले नफर्किने गरि अस्ताए

काठमाडौँ / कोरियामा एक नेपालिको ज्या-न भएको छ । ज्यान जानेमा अमिन राई रहेका छन् । धन कमाउने सपना बोकेर कोरिया गएका भोजपुर टेम्केमैयुङ गाउँपालिका – १ का अमिन राईको कामको शिलसिलामा बेहोस भएर ज्यान गएको हो ।

पाँच वर्ष अघि कोरिया पुगेका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । अब उनको शव कोरियाको कानुनी प्रकृया पुरा गरेर नेपाल ल्याउने तयारी भइरहेको छ ।

अन्य समाचार

प्रेम कथानक फिल्म‘लभ यु हमेशा’मा समाबेश यो हावा किन चल्छबो लको गीत बुधबार सार्वजनीक गरिएको छ । मंसिर १३ गते प्रदर्शन हुने फिल्मको रोमान्टिक गीतमा यश राज र ऋचा थापा फिचर छन् । भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको सो गीत सुधीर राई र मेलिना राईले गाएका हुन् । भासुको शब्द र संगीत रहेको गीत फिलिपिन्सको समुन्द्रीतटमा खिचिएको हो । रामजी लामीछानेले कोरियो ग्राफी गरेको गीत प्रेमाभावले प्रेरित छ ।

कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ, सिलगुढी लगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मले स्वदेशमा पनि दर्शकको मन जित्ने बिश्वास निर्माता यवनले ब्यक्त गरे । प्रेसमिट कार्यक्रममा अभिनेता यश राजले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए । कार्यक्रममा उनले सुटिङका क्रममा बिबिध रमाइला पलहरु सुनाएका थिए । अभिनेता ऋचाले पनिआफू यो फिल्मबाट ठूलो आशा राखेको बताइन् । उनले दार्जिलिङ रिलिजमा दर्शकले फिल्मनिकै मन पराएको प्रसंग उल्लेख गरिन् भने अर्की अभिनेत्री फिजा योञ्जनले फिल्म हेरेका दर्शकले निकै राम्रो कमेन्ट गरेकाले खुशी लागेको बताइन् ।

फिल्मका बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘लभ यु हमेशा’प्रेम मन पराउने सबैका लागि सुन्दर फिल्म बनेको बताए । उनले आफूहरुले यो फिल्म धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्न लागी परेको सुनाए । शिब ढकालले खिचेको फिल्ममा यश राज गरच, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमीला राई लगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा कमल राई र रामजीको कोरियोग्राफी छ । मिलन गुरुङ सहनिर्माता रहेको फिल्म मंसिर १३ मा देशभरका हलका साथै भारतका केही थपहलमा प्रदर्शन हुने जानकारी निर्मातायवनले दिएकाछन् ।

Loading...
प्रकाशित मिति November 26, 2019