पूर्वराजाले प्रधानमन्त्रीको स्वास्थ अवस्था बुझ्न स्वकीय सचिव पठाए

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न आफ्ना स्वीकय सचिवलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पठाएका छन्।

पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनाको सन्देशसहित आफ्ना स्वकीय सचिव पशुपतिभक्त महर्जनलाई त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पठाएका हुन्।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री लाई बिहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा र्पुयाइएको थिया

Loading...
प्रकाशित मिति १० मंसिर २०७६, मंगलवार १४:५४