काठमाडौं / चर्चित गायिका मेलिना राई र गायक कमल रसाईलीको “एनी प्रबलम” बोलको गीत सार्बजनिक भएको छ । गीतलाई कार्टुन क्रूको युट्युबबाट सार्वजनिक गरिएको छ ।
टिकु क्षेत्रीको शब्द रहेको उक्त गीतमा हरि लमसालको संगीत रहेको छ भने उदय राज पौडेलको एरेंज रहेको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मन पर्ने मान्छेलाई मायाको आग्रह गरिएको छ ।
कार्टुन क्रू र बिजय अधिकारी (बन्नी)को अभिनय रहेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा कार्टुन क्रू र बिजय अधिकारी (बन्नी)लाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ ।
सरोज अधिकारीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई लाक्पा डि तामाङले सम्पादन गरेका हुन् । गीतको भिडियोमा आश्मा बिश्वकर्मा र सुविन चौहानको कोरियोग्राफी रहेको छ ।
भिडियो :