मलेसियामा मेसिनले च्यापेर एक नेपालीले गुमाए हात

‏मलेसिया / वैदेशिक रोजगारीका लागि मलेसियाका एक नेपालीको मेसिनमा काम गर्ने क्रममा च्यापीएर हात गुमेको छ । सोमबार बारा कलैयाका दिपक शाह तेलीको हात गुमेको हो । कम्पनीमा काम गर्ने क्रममा मेसिनले उनको हात च्यापेको हो ।

मलेसियाको वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत उनको काम गर्दा दाहिँने हात मेसिनमा परेर च्यापिएको छ ।

उनी विगत साढे ३ वर्षदेखि वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत रहेका थिए । मेसिनमा हात चेपिएर घाईते भएका दिपकलाई दुई घण्टा पछि त्यहाँ स्थित मलका अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।

Loading...
प्रकाशित मिति November 27, 2019