पलले दिए वर्षालाई अमुल्य उपहार

असार २६  काठमाडौं । रोशन राई लामो समयदेखि सांगितिक आकाशमा उदयमान ताराको रुपमा मात्र नभई स्थापित पनि भईसकेका हुन । करिब २० बर्ष अघि देखि गायन यात्राको शुरुवात गरेका गायक रोशन राईको पछिल्लो गीत ‘उपहार दिउ कि माया तिमिलाई आँखैमा सजाँउ’ सार्वजनिक भएको छ ।

। २०५६ सालमा पूर्वाञ्चल आधुनिक गायन प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रका १६ वटा जिल्लाको प्रतिस्पर्धामा प्रथम उपाधि हासिल गरेका गायक रोशन राईलाई ‘पालुवा स्टार’ को उपाधिबाट पुरस्कृत गरिएको थियो । गत शुक्रबार युट्युवमा सार्वजनिक गरिएको गायक राईको गीत ‘उपहार दिउ कि माया तिमिलाई आँखैमा सजाँउ’ लाई करिब २ लाख भ्यूअर्सले हेरिसकेका थिए।

उक्त गीतको वारेमा थुप्रै सकारात्मक प्रतिक्रियाहरु पनि आइरेका छन् ।गायक रोशन राई र अञ्जु पन्तको स्वर भएको उक्त गीतमा राईले नै संगीत दिएका छन् भने शब्द बच्चन राईको रहेको छ । उक्त गीतको मोडलमा पल शाह र बर्षा सिवाकोटीले भूमिका निर्वाह गरेको छन् ।आफूलाई सांगेतिक क्षेत्रमा लाग्दा साह्रै नै आत्मसन्तुष्टि मिलेको बताउछन् राई ।

पछिल्लो समय निकालेको यस गितले बजार चर्चा राम्रै पाउन थालेपछि यसले आफूलाई थप उर्जा मिलेको बताउछन् । जन्मघर खोटाङ जिल्ला घर भएका गायक राईका यस अघि प्राण, गायन र गायन २ गरि ३ वटा गीती एल्वम बजारमा सार्वजनिक भैसकेका छन् ।

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार १३:११