सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, १२ मंसिर । बुधबार राति काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङ्गकोट केन्द्रविन्दु भएर ५ म्याग्निचूडको भूकम्प गएको हो ।

सिन्धुपाल्चोक, काभ्रेमा ठूलो धक्का महसुस भएको स्थानीयले बताएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।

Loading...
प्रकाशित मिति १२ मंसिर २०७६, बिहीबार ०१:५६