प्रधानमन्त्री ओलीलाई १५ मिनेट भेटेर फर्किइन राष्ट्रपति भण्डारी

काठमाडौं / उपचारतर रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी अस्पताल पुग्नुभएको हो ।

एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले करीब १५ मिनेट भेटेर फर्कनु भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीको अवस्थाका बारेमा २० मिनेट ब्रिफिङसमेत गराएका थिए ।

राष्ट्रपति भण्डारी बिहीबार साँझ शिक्षण अस्पताल पुगेकी हुन् । प्रधानमन्त्री ओली शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा रहेका छन् ।

Loading...
प्रकाशित मिति १२ मंसिर २०७६, बिहीबार १६:३५