जारको पानी पिउँदै हुनुहुन्छ ? सावधान ! ( एकपटक पढ्नुहोस् )

काठमाडौं । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउन योग्य नभएको पाइएको छ। काडमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी बिक्री गर्दै आएको पाइएको हो।

जिल्ला प्रशासनका कार्यालय (काठमाडौं)को नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

पर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ । यस क्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो ।

कम्पनीले पिउन योग्य भनी सिलछाप गरेको जार र बोतलका पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले बताउनुभयो ।

विभागका अधिकृत जितबहादुर भण्डारीले कतिपय कम्पनीमा साइनबोर्डसमेत नराखी पानी उत्पादन गर्ने गरेको पाइएको बताउनुभयो । राजधानी दैनिकले खबर छापेको छ ।

Loading...
प्रकाशित मिति November 29, 2019