भाइरल जोडिको घर बन्ने भएपछी बाजे खुशी हुँदै  (हेर्नुस् भिडियो)

काठमाडौं । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि २१ बर्षिय पुजालाइ आफ्नी दुलही बनाएर ल्याएको कुरा अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको छ ।

यो जोडी बास्तबमै अचम्मको छ । वृद्ध बुबाले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताए उनिहरुको घर बनाउने आज समिति गठन भएको छ ।

घर बनिने भएपछी वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरे त्यसपछि उनले बोकेर नचाएर सबैलाई चकित बनाए । आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । धेरै नै हसाउने वृद्धले जिस्किदै बोल्दा माहोल नै तातिएको थियो । हरेक शब्दमा हसाउने रमाइला बाजेलाइ उनको कहानी सोध्दा खुशी हुँदै सबै बताएका छन ।

सबैले बाजेलाइ मोहनी लगाएर ल्याएको हो भनेर सोध्ने गरेको कुरा पनि खोलेका छन । आफू धामी भएपनी आफुलाइ मोहनी लगाउन नआउने बताउने वृद्धले माया पिरतिको कुरा लजाउदै बताए । धेरै जिस्केर बोल्ने वृद्धले जिस्कदै पैसा मागेपछी एकाएक सबैले पैसा दिन थाल्दा बाजे खुशिले आफ्नी श्रीमतीलाई बोकेर घुमाउदै नाच्न समेत भ्याए ।

Loading...
प्रकाशित मिति November 29, 2019