राम्रो मान्छे……

काठमाडौ / लोक सांगीतिक प्यासी मनहरुलाई धित मार्नका लागि यतिबेला एक मन्द बिटको मनछुने गीत बजारमा आएको छ । उक्त गीत “राम्रो” मान्छे” बोलको रहेको छ ।

एक पुरुषले अर्की युवतीलाई अत्यन्त माया गरेको हुन्छ तर त्यो सम्बन्धमा दुनियाले उसको बारेमा अनेकौं कुरा कट्नाले अरुको प्रबाह नगरी तिम्रो खुसीको लागि उदारणीय बनेर देखाउछु भन्ने किसिमको भाव समाबेस गरिएको गीतमा लेक बेंशी म्युजिक प्रालिको प्रस्तुति रहेको छ ।

देबी घर्ति मगर र नबराज के.सी द्वारा स्वर बद्ध गीतलाई अत्यन्त मनछुने ढंगबाट लय तथा शब्द सिर्जना पनि नबराज के.सी ले नै भरेका हुन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा एम.बि गुरुङ्ग र सन्ध्या श्रेष्ठको घत लाग्ने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कपिल मगरले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन जोन राईले गरेका हुन् ।

Loading...
प्रकाशित मिति November 29, 2019