रबि दाई कालापानी बचाउन लाग्नुस्…… ( भिडियो )

काठमाडौं / पछिल्लो समय चर्चामा रहेको कालापानी र लिपुलेख जोगाउन कलाकारहरुले नेपालको रक्षाको लागि गीत गाउँन थालेका छन।

चर्चित गायक राम कुमार कार्कीको देशभक्ति गीत ‘कालापानी हाम्रै हो’बजारमा आएको छ। राजेन्द्र कुमार कार्कीको शब्द र राम कुमार पौडेलको लयमा रहेको उक्त गीत अहिले बजारमा छ।

राम कुमार कार्कीकै अफिसियल युटुब मार्फत बजारमा आएको उक्त गीतमा राम कुमार कार्की,राजेन्द्र कुमार कार्की,राम कुमार पौडेल,कमला खड्का र पुजा बिश्वकर्माको आवाज रहेको छ भने गीतमा भिडियो कलाकारहरुकै टिम जोडिएर निर्माण गरिएको छ।

गीतमा चर्चित सञ्चारकर्मी रवि लामिछानेको नाम जोडिए सँगै सामाजिक सञ्जालमा धेरैले यस गीतलाई सेयर गरिरहेका छन् ।

छोटो समयमै चर्चा कमाएको उक्त भिडियो हेरौ :

 

Loading...
प्रकाशित मिति November 30, 2019